नियम ४
हात्तीको प्रयोगमा शर्त बन्देज
(१) वन सेवामा रहेका कर्मचारीहरूले आफ्नो कर्तव्यको पालन गर्ने सिलसिलामा बाहेक अन्य सरकारी वा गैर सरकारी व्यक्तिहरूले नेपाल सरकारबाट तोकिएको दरले भाडा तिरेर मात्र हात्तीको प्रयोग गर्न पाउने छन् ।
(२) हात्तीले हात्तीसार छोडेको दिनदेखि हात्तीसार फिर्ता पुगेको दिनसम्मको हिसाब गरी भाडा असुल उपर गरिनेछ ।
(३) हात्तीको प्रयोग गर्न निमित्त सम्बन्धित इलाकाको कन्जरभेटर कार्यालयमा वा सम्बन्धित हात्तीसारमा रु. १।– एकको टिकट टा“सी दरखास्त दिनु पर्दछ र कन्जरभेटरले वा हाकिमले हात्तीलाई फुर्सद भै प्रयोग गर्न दिन मनासिव ठानेमा प्रयोग गर्न अनुमति दिन सक्नेछ ।
(४) आवश्यक परेमा नेपाल सरकारले विना भाडामा पनि हात्ती दिन सक्नेछ । तर राजनैतिक काम र बोझ बोक्ने कामको लागि हात्तीहरू दिइने छैन ।